देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ « Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं, मकवानपुर र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँसहित सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका–४ घर भएका ३५ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शेर्पाको डेरा कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय सरोज भोलनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जाँदै गरेको ना.४० प ४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय सिरु रानासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : ५९ बजे

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही

गुल्मीमा भारतको सहयोगमा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- गुल्मीमा भारत सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण हुने विद्यालय भवनको

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र