प्रधानसेनापति शर्माद्वारा कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान « Khabarhub

प्रधानसेनापति शर्माद्वारा कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथीबाट बढुवा भएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा भएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ५ : ५३ बजे

एक लाख ३३ हजार २८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली