सार्वजनिक यातायात सुधारका लागि भन्दै तीन मजदुर संगठन संयुक्त आन्दोलन गर्ने तयारीमा « Khabarhub

सार्वजनिक यातायात सुधारका लागि भन्दै तीन मजदुर संगठन संयुक्त आन्दोलन गर्ने तयारीमा


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात क्षेत्रका श्रमिक सम्बद्ध तीन संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी थालेका छन् ।

नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्त रुपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरीले आफैँ ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले सवारी साधनको २० वर्षे उमेरहद राखेर सरकार मोटर बिक्रेता विदेशी कम्पनीलाई खुसी पर्दै कमिसनको खेलमा लागेको आरोप लगाएका छन् । भारतीय ढुवानीका साधनहरुले नेपालका विभिन्न सहरहरुमा सिधैँ ढुवानी गर्ने भएका कारण नेपालका ढुवानी गर्ने साधनहरु विस्थापित हुँदै जाँदा पनि सरकार मौन रहेको उनीहरुको बुझाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रयोजनविपरीतका सवारी साधनले यात्रु ओसारपसार गरिरहँदा पनि सरकार मौन रहेको बताए ।

आफूहरुको मागका विषयमा गत माघ १७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दश बुँदे मागपत्र पेश गर्दै १५ दिने अल्टिमेटम दिएको र फागुन २ गतेसम्म आफूहरुको माग पुरा नभए निर्णायक आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

ट्रेड युनियन संघहरु, यातायात स्वरोजगार तथा व्यवसायीहरु आफ्ना सम्पूर्ण सेवाहरु रोकेर, सडकमा प्रदर्शन गरेर आन्दोलन गर्ने यातायात श्रमिक संगठनले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै