सबैले सधैं प्रयोग गर्ने साधन होइनौं : रञ्जिता चौधरी | Khabarhub Khabarhub

सबैले सधैं प्रयोग गर्ने साधन होइनौं : रञ्जिता चौधरी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन ।सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन ।

‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’

आफना पति रेशमलाल चौधरीको रिहाई नगरेको तथा कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरे पछि आक्रोशित हुदैँ आएको उन्मुक्ति पार्टीले सत्ता साझेदार एमालेवाट मुख्यमन्त्री भएका रावललाई विश्वासको मत नदिदाँ महिना दिनमा नै सुदुरपश्चिम सरकार ढल्न पुगेको छ । गत २७ पुसमा उन्मुक्तिको समर्थनमा रावल सुदुरपश्चिम सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए ।

‘अहिलेसम्म राज्य टीकापुर घटनाप्रति अनुदार छ, मानवअधिकारकर्मीहरुले आँखा खोलेका छैनन्। हामीलाई उचालल्नेहरुको ताँती पनि लामै छ तर हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं,’ उनले फेसबुकमा लामो स्टाटस लेख्दै प्रश्न गरेकी छिन, ‘राष्ट्र प्रति हिजो आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको प्रकाश किन परिरहेको छैन रु झ्यालखानाको बुइँगलबाट न्यायको घाम झुल्किन्छ कि भनेर हामी सधैं नियालीरहन्छौं।’

उनका अनुसार न्यायको पारिलो घाम आँखाले देख्दादेख्दै पनि शासकले छानो हालेर जबरजस्ती छायाँ बनाइरहेको पनि प्रष्टै देखिएको श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ४७ बजे

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

मुगु– मुगुको छायानाथ रारा नगरपालिका– ११ कुसा टाउमा विद्युत सेवा

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट