सुमेरु क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न चीनले रुसलाई सघाउने « Khabarhub

सुमेरु क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न चीनले रुसलाई सघाउने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले रुसलाई टाइटेनियम उत्खननका लागि सहयोग गर्ने भएको छ । यसका लागि खनिजसम्बन्धी चीनको सरकारी कम्पनी र रुसी अधिकारीबीच छलफल चलिरहेको बताइएको छ ।

उत्तरी ध्रुव वरिपरी सुमेरु वृत्तमा पर्ने रुसको कोमी गणतन्त्रमा रहेको पिझेम्स्कोए टाइटेनियम र क्वार्ज सञ्चितीको उत्खनन् गर्न रुसले चीनसँग सहयोग मागेको हो ।

‘रुसी महासंघको सुमेरु क्षेत्रमा विकास र सन् २०३५ सम्म राष्ट्रिय सुरक्षा प्रबन्ध’ रणनीतिअनुसार सो क्षेत्रमा टाइटेनियम उत्खनन् गर्न लागिएको हो ।

यस रणनीतिलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२० को अक्टोबर मा स्वीकृत गरेका थिए । रुसी र चिनियाँ प्रतिनिधिबीच सुमेरु क्षेत्रमा उत्खनन् गरिने टाइटेनियम, फलाम र क्वार्जको धाउ चीन निर्यात गर्ने विषयमा समेत छलफल भएको थियो ।

विश्वको प्रमुख टाइटेनियम उत्पादनकर्ता भएपनि चीनले ठूलो परिमाणमा विदेशबाट आयात गर्दै आएको छ । रुसले पनि आफ्नो मागको ठूलो हिस्सा विदेशबाट आयात गर्दै आएको छ । रुसले युक्रेनबाट समेत कच्चा टाइटेनियम आयात गर्ने गरेको बताइन्छ ।

टाइटेनियम धातु हवाई क्षेत्र, रक्षा, नौसैनिक, रसायन प्रशोधन र सवारी साधन उद्योगका लागि महत्वपूर्ण मानिन्छ ।

गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि सन् २०२६ सम्ममा रुस र अन्य मुलुकबाट लगानी जुटाएर पिझेम्स्कोए परियोजना अघि बढाउने रुसी योजना रहेको थियो । यद्यपि युक्रेनमा आक्रमण गरेसँगै विभिन्न मुलुकले प्रतिबन्ध लगाएपछि रुसले खनिज उत्खननका लागि चीनको सहयोग खोजेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : २४ बजे

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा