दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुन्छ : मन्त्री भण्डारी « Khabarhub

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह छिट्टै निर्माण हुन्छ : मन्त्री भण्डारी


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह छिट्टै निर्माण हुने बताएका छन् । आज कञ्चनपुरको बेलौरीमा औद्योगिक व्यापार मेला तथा बेलौरी पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले सुक्खा बन्दरगाह र सुदूरपश्चिममा रहेका औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढ्ने बताएका हुन् ।

“सुदूरपश्चिमको विकासको ढोका खुल्ने सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन प्रधानमन्त्रीज्यू स्थलगत अवलोकनमा आउँदै हुनुहुन्छ”, मन्त्री भण्डारीले भने, “यहाँ उत्पादन गरेको वस्तु छिमेकी मुलुक भारतमा बिक्री गर्ने बाटो खोल्ने गरी काम अगाडि बढाउँछौँ ।” उनले सुदूरपश्चिममा रहेका खानीको उत्खननका लागि पनि सम्भाव्यता अध्ययन गर्ने बताए ।

“नेपाल भारत पारवहनको विषयमा पहल गरिरहेका छौँ”, उनले भने , “दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित वस्तु निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुनेछ ।” उनले बेलौरीमा रहेको भन्सार सञ्चालनमा ल्याउनसमेत पहल गर्ने बताए ।

बेलौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष टेकबहादुर साउदले दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरेको बताए । “कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसाय मेलाले चलायमना हुने अपेक्षा राखेका छौँ”, उनले भने, “यो महोत्सवले स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” महोत्सवमा एक सय स्टलमा विभिन्न व्यावसायिक तथा कृषिउपजका सामग्री राखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ३३ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल