प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथिको पेशी आज


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेशी आज हुँदैछ।

गत मंगलबार प्रचण्डलाई पक्राउ गरी मुद्दा चलाउन आदेशको माग गर्दै दर्ता भएको रिटको पेशी आज तोकिएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्धन्द्धकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए।

सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका छन्।

यस्ता रिट निवेदन पटक-पटक दरपिठ भए पनि दरपिठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामा सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने भन्दै चेतावनीपूर्ण धम्की दिइरहेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ८ : १२ बजे

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई