आधुनिक विकासमा अग्रणी जापानमा पनि धेरै महिलाले पितृसत्तात्मक समाजको कारण समस्या अनुभव गरेका छन्। त्यसै जापानमा सातामो कोसीमोताले महत्त्वपूर्ण उपलब्धि पाएकी थिइन्। उनले सुगीनामीको पहिलो महिला मेयरको रूपमा कीर्तिमान कायम गरेकी छिन्। पूर्व वातावरण तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवाले परम्परावादी उम्मेदवारलाई दुई सय मतको अन्तरमा हराएकी हुन्।
पुरुष हाबी भएको जापानको राजधानी टोकियोका २३ प्रमुख जिल्लामध्ये तीन वटामा मात्र मेयर महिला छन् । ‘हामीले महिलाको नेतृत्वमा रहेर नै देशको सङ्क्रमण कालको समस्या समाधान गर्नुपर्ने छ।’ उनले राजनीतिमा महिला उपस्थिति बाक्लो भएमा सबै समस्या समाधान हुने बताएकी छिन्।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापान लैङ्गिक समानताको सूचिमा भने धेरै पछाडी छ।सन् २०२२ को जुलाईमा वर्ल्ड इकोनोमीक फोरमले जारी गरेको सुचाङकमा जापान १४६ देशमध्ये ११६ औं स्थानमा छ।
लैङ्गिक समानताको सवालमा जापान विश्वका बलियो अर्थतन्त्र भएका देश मध्येको बसैभन्दा कमजोर हो। त्यहाँको यो अवस्था अन्य धेरै देशका लागिसमेत आश्चर्यजनक हो। जापानमा अहिलेसम्म महिला प्रधानमन्त्री भएका छैनन्।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापान लैङ्गिक समानताको सूचिमा भने धेरै पछाडी छ।सन् २०२२ को जुलाईमा वर्ल्ड इकोनोमीक फोरमले जारी गरेको सुचाङकमा जापान १४६ देशमध्ये ११६ औं स्थानमा छ।
क्याबिनेटमा दुई जना मात्र महिला मन्त्री छन्। सुगाइनामी सिटी हलमा अति सामान्य व्यक्तिका लागि नयाँ वन बनाइएको छ। त्यहाँ कासिमोताको सक्रियता आश्चर्यजनक थियो। उनको सुरुवातको कामको अनुभव त उदेकलाग्दो थियो।
समानताको कुरा गर्नका लागि उनलाई कम्ती कठिन भएको थिएन। ‘म कर्मचारीतन्त्रको पृष्ठभूमिबाट आएको मानिस पनि होइन। राजनीतिक पृष्ठभूमिबाट आएको पनि होइन।मानिसहरू मेरो कुरा सुन्थे। तर यसमा सहमत हुँदैन थिए,’ उनको दुखेसो थियो। उनी रहेको धेरै स्थानमा माथिल्लो स्थानमा पुरुषको पकड थियो।
त्यहाँ वातावरण , जलवायु परिवर्तन, जैविक विविधता र लैङ्गिक समानता लगायत हजारौँ मुद्दा थिए। ती मुद्दालाई ‘ब्वाइज क्लब’ राजनीतिले सम्हालेको थियो। धेरै पटक राजनीतिक विषयमा छलफल गर्न चाहे पनि उनको आलोचना मात्र भयो। उनीमाथि लगातार आक्रमण भयो।
उनी माथिको आक्रमण लैङ्गिक कारण मात्र होइन। अनुभवको कमी भएको भन्ने पनि छ। उनले २० वर्ष युरोपमा बिताएर जापानमा फर्केर मेयर हुने जमर्को गरेकी हुन्।
त्यस स्थानमा बाहिरबाट यसरी आउने मध्ये कासिमोतो पहिलो हुन्। ‘मसँग पनि केही छ। मैले जापानी समुदायलाई बाहिर नै बसेर हेरेको छु’, उनले भनेकी छन्। जापानी समस्यालाई अन्तर्राष्ट्रिय नजरले हेर्ने गरेको उनको अनुभव छ।
यो आक्रमणका बाबजुद उनी आफ्नो कर्तव्यप्रति सचेत छिन्। जिम्मेवार छिन्। लगातार आफ्नो काम गरिरहँदा उनलाई गुनासो पनि नरहने होइन। ‘मैले कतै गलत त गरी रहेको छैन’, उनलाई लाग्छ।
परम्परागत सामाजिक मान्यता र केही घरायसी कारणले जापानमा धेरै जसो महिला राजनीतिमा आउन सक्दैनन्। थुप्रै महिलाले राजनीतिमा आउने चाहना राख्दा नारीद्वेसी देखिएको र मानसिक यातना दिइएको उनको अनुभव छ।
तोमोमी हिगासी जापानकै मारिदा जिल्लाकी स्थानीय काउन्सिल सदस्य। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। उनी पनि सामाजिक यातनाका कारण आजित भएकी हुन्। सुरुवातको दिनमा उनको शरीरमा तीन पटक अनावश्यक ढङ्गले छोइएको थियो। यसले उनलाई कम्ती रिस उठेको भने होइन।
कतिसम्म भएको थियो भने बुढा व्यक्तिहरू नजिक आएर राम्रोसँग कुरा राख्नसमेत दिँदैन थिए। उनलाई रातको समयमा सँगै बसेर मदिरा पिउने प्रस्तावसमेत आउने गरेको थियो। उनका लागि त्यो वेक अप कल थियो।
तामोमी हिगासी अन्य स्थानीय महिला राजनीतिज्ञसँग मिलेर ‘ह्यारेसमेन्ट कन्सुलेसन सेन्टर फर उमन पोलीटिक्स’को स्थापना भएको हो। अनलाइन सेसनले महिलालाई जागरुप गराउन सफल हुने उनीहरूको विश्वास थियो।
तोमोमी हिगासी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। उनी सामाजिक यातनाका कारण आजित छन्। सुरुवातको दिनमा उनको शरीरमा तीन पटक अनावश्यक ढङ्गले छोइएको थियो।
मारी हमादा त्यहाँकी राजनीतिक अनुसन्धानकर्ता तथा त्यसको एक संस्थापक। उनले पत्ता लगाएको तथ्य अनुसार पनि महिला हिंसाका घटना धेरै नै भएका छन्। खास गरेर महिला राजनीतिज्ञका लागि जापानको वातावरण अझ धेरै कठिन छ। यसको सही सङ्ख्या थाहा पाउन कठिन छ। किनकी महिला राम्रोसँग आफ्नो कुरा राख्न नै सक्दैनन्। ‘जापानमा राजनीतिज्ञ सामाजिक व्यक्तित्व हुन्। उनीहरूलाई धेरै ले हिंसा सहन नै सुझाउँछन्,’ हमादा भन्छिन्।
त्यसै अनलाइन अभियानमा संलग्न माना तमुराले सन् २०२२ मा स्थानीय तहका लागि आफूलाई उभ्याएकी थिइन्। त्यस समयमा उनलाई तीन वर्षको छोरा लिएर नहिँड्न भनिएको थियो। ‘मैले छोरो साथमा लिएर हिँड्ने अवस्था समेत थिएन,’ उनले भनिन्।
सडकमा हिँड्दा समेत उनलाई आजित पार्नेको जमात हुने गरेको थियो। ‘अझै बच्चालाई जन्म दिएको र सन्तान भएपछि पनि केका लागि यो सबै गरीरहेको भन्ने प्रश्न उनीमाथि तेर्सिने गरेको थियो।
जापानको कायुडा समाचार एजेन्सीले पनि हालसालै एउटा सर्भे गरेको थियो। सर्भे अनुसार पनि महिला राजनीतिज्ञले पुरुषको तुलनामा धेरै लैङ्गिक विभेद र हिंसा सहनु परेको जनाइएको छ।
सरकारले भने बारम्बार धेरै महिला राजनीतिमा आउनु पर्ने कुरा गरिरहेको छ। धेरैले पुरुष प्रधान क्याबिनेट र लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नै समस्याको मुख्य जड भएको जनाएका छन्।
जापानको कायुडा समाचार एजेन्सीले पनि हालसालै एउटा सर्भे गरेको थियो। सर्भे अनुसार पनि महिला राजनीतिज्ञले पुरुषको तुलनामा धेरै लैङ्गिक विभेद र हिंसा सहनु परेको जनाइएको छ।
सन् २०२१ मा शक्तिमा रहेकै समयमा एलडीपीले पाँच महिला विधायकलाई निरीक्षण गर्न दिने निर्णय गरेको थियो। सन् १९५५ यता जापानमा पहिलो पटक यो सबै भएको जनाइएको छ।
पूर्व टोकियो ओलम्पिक आयोजक कमिटीका प्रमुख योसीरो मोरीको आपत्तिजनक अभिव्यक्त बाहिर आएपछि यो कदमको सुरुवात भएको हो। उनले महिलाहरू धेरै बोल्ने तथा बैठकमा अनावश्यक रूपमा धेरै समय लिने कुरा उठाएका थिए। यसमा पछि उनले माफी पनि मागेका थिए।
‘जापानमा लैङ्गिक असमानताका लागि एलडीपी जिम्मेवार छ’, किसिमोताले भनिन्, ‘उनीहरूले समानताको मुद्दालाई प्राथमिकतामा राखेका नै छैनन्। त्यहाँ राजनीतिक इच्छा शक्ति नै छैन।’ बुधवार क्याबिनेटका सचिवले पनि जापानमा समान तलब मानकै कुरा उठाउनु पर्ने कुरा गरेका थिए। उनले अन्य सामाजिक विषयलाई पनि सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए।
अहिले महिला कामदारको सङ्ख्या थपिँदो छ। तर, सुत्केरी हुने लगायतका कारण धेरै जना अस्थायी रोजगारीमा सीमित छन्। धेरै अन्वेषकहरु राजनीतिक पार्टी मात्र होइनन्, उनीहरूलाई नियन्त्रणमा राख्न नसक्ने मतदातालाई समेत दोष दिन्छन्। स्रोतः बीबीसी
प्रतिक्रिया