सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र आर्मी विजयी | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल र आर्मी विजयी


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी) लाई २-१ गोलअन्तरले हराउँदै विजयी भएको हो । यससँगै जावलाखेलले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरायो । यसअघि जावलाखेलले पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको थियो ।

जाउलाखेलको जितमा कप्तान सीमान्त थापा र विदेशी खेलाडी फोडे फोफानाले समान एक–एक गोल गरे । यता एनआरटीका लागि भने सञ्जीव विष्टले एक गोल फर्काए । खेलको ६८औँ मिनेटमा सीमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ७७औँ मिनेटमा फोफानाले गोल गरेपछि जावलाखेलले २–० गोलअन्तरको अग्रता बनायो ।

त्यस्तै खेलको ८०औँ मिनेटमा एनआरटीका सञ्जीवले गोल गरे पनि जावलाखेल २-१ ले विजयी भयो । जितसँगै जावलाखेलले दुई खेलमा छ अङ्क जोडेको छ । एनआरटीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एनआरटी सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो ।

यसैगरी सातदोबाटोस्थित च्यासल खेलमैदानमा आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ । आर्मीले मच्छिन्द्रलाई २-० ले पराजित गरेको हो । आर्मीको जितमा दीपक गुरुङ र नवयुग श्रेष्ठले एक-एक गोल गरे । 

खेलको ४८औँ मिनेटमा दीपकले हेडरमार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ५९औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २-० को सहज जित दिलाए । यस जितसँगै आर्मीले दुई खेलमा चार अङ्क जोडेको छ । आर्मीले पहिलो खेलमा सङ्कटा क्लबसँग बराबरी खेलेको थियो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ०७ बजे

सबै दलका साथीहरू उच्च मनोबलका साथ एकताबद्ध होऔँ : सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका नेताहरू

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि