आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक « Khabarhub

आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्।

वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्रो र फुलेको देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीले रोटी पकाउने यो विधि अपनाउने गर्छन्।

तर स्वाद कहिलेकाहीँ स्वास्थ्य भन्दा बढी हुन्छ। यसरी रोटी पकाउँदा शरीरलाई हानी हुन्छ।

आजको लेखमा हामी तपाईंलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकी तपाईले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। किनकी, यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य बिग्रन्छ।

जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ। ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा। पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन।

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानी पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न। यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुर्याउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस्।

तस्बिरमा देखिए झै तरिकाबाट रोटी नपकाउन स्वास्थ्य विज्ञहरूको सल्लाह छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ०२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल