'श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ' | Khabarhub Khabarhub

‘श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ’


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गर्दै उनले भने– “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिए।

आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गर्र्दैै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताए।

संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उनले जोड दिए । यसका लागि श्रमिक संगठीत भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।

‘मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्’, डा कोइरालाले भने, ‘तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन्, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।’ हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताए। यातायात क्षेत्रलाई पूर्ण रुपमा सुरक्षित बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले आफ्नो धारणा राखेका थिए । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय महाधिवेशनमा देशभरीका मजदुर नेताको सहभागिता छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ५० बजे

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२