भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोरोना सङ्क्रमण « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ५,३५७ जनामा कोरोना सङ्क्रमण


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ । 

यद्यपि  पछिल्ला केही दिनमा कोभिड सङ्क्रमण बढेको पाइएको छ । अप्रिल १ मा दैनिक २,९९४, अप्रिल २ मा ३,८२४, अप्रिल ३ मा ३,६४१, अप्रिल ४ मा ३,०३८, अप्रिल ५ मा ४,४३५, अप्रिल ५,३३५ जनामा नयाँ सङ्क्रमण देखिएको थियो । यसैगरी सक्रिय सङ्क्रमितको हालको सङ्ख्या ३२ हजार ८१४ रहेको छ । आइतबारसम्म दैनिक सकारात्मकता दर ३.३९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा तीन हजार सात सय २६ निको हुँदा निको हुनेको कुल सङ्ख्या चार लाख ४१ लाख ९२ हजार आठ सय ३७ पुगेको बुलेटिनले जनाएको छ र अहिले समग्र निको हुने दर ९८ दशमलव ७४ प्रतिशत रहेको छ ।

राष्ट्रव्यापी खोप अभियान अन्तर्गत आइतबारसम्म कुल २२०.६६ करोड खोपको डोज दिइएको छ जसमध्ये पछिल्लो २४ घण्टामा ६५९ डोज दिइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : ३१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा