श्रीलंकाका इस्टर सन्डे पीडितलाई न्याय दिइने « Khabarhub

श्रीलंकाका इस्टर सन्डे पीडितलाई न्याय दिइने


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार सन् २०१९ मा भएको इस्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिएका छन् । उनले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताएका छन् । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानबिन गरिने छ । 

आफ्नो इस्टर आइतबार सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताएका छन् ।

श्रीलंकाका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ । म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु’, राष्ट्रपतिले भने ।

आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रङ्गको भेदभाव नगरी सबै श्रीलंकाली जनताहरूको आकांक्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गरेका छन् । ‘मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौँ’, राष्ट्रपतिले भने। श्रीलंकाली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गरेका छन् ।

अप्रिल २१ मा क्रिस्चियन समुदायले इस्टर सन्डे मनाउने क्रममा श्रीलंकाका कोलम्बो, नेगोम्बो, कोच्चिकेडेबट्टिकालोआलगाययतका आहरमा आठवटा विस्फोटन भएका थिए । उक्त शृङ्खलाबद्ध विस्फोटमा ११ भारतीयसहित कम्तीमा दुई सय ५० जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दाबढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ४ : ५३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल