इजरायल–सिरिया द्वन्द्व बढ्दै « Khabarhub

इजरायल–सिरिया द्वन्द्व बढ्दै


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । 

सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ । सिरियाली ‘लञ्चर’लाई इजरायली ‘ड्रोन’बाट प्रहार गरिएको छ । शनिबार राति सिरियाली पक्षले छ वटा रकेट प्रहार गरेकामा दुई वटा गोलान हाइट्समा खसेका तथा एउटालाई इजरायलको हवाई रक्षा प्रणालीले आकाशमा नै ध्वस्त पारेको थियो । 

सन् १९६७ मा भएको छ दिन लामो युद्धमा इजरायलले सिरियाली भूमि गोलान हाइट्स आफ्नो नियन्त्रणमा लिएको हो । यद्यपि अन्तरराष्ट्रिय सुमदायले त्यसलाई मान्यता दिएको छैन । मुसलमानहरूको पवित्र महिना रमजान, यहुदीहरूको निस्तार र इशाईहरूको इस्टर चाडका बेला मध्यपूर्वमा हिंसात्मक घटनामा  वृद्धि भएको छ । 

गत बुधबार अलअक्सा मस्जिदमा प्रवेश गरी इजरायली प्रहरी मखुण्डो लगाएका तीन सय पचास जनालाई पक्राउ गरेपछि अशान्ति झन बढेको छ । त्यसको भोलि लेबनानबाट ३० भन्दा बढी शृङ्खलाबद्ध रकेट प्रहार भएका थिए । त्यसपछि इजरायलले गाजा र दक्षिणी लेबनानमा बमबारी गरेको थियो । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ५ : २७ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा