नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट सर्वोच्चद्वारा खारेज « Khabarhub

नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट सर्वोच्चद्वारा खारेज


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने बोर्डको निर्णय विरुद्धको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको हो । अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको मुद्दामा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आज उक्त मुद्दाको रिट खारेजको फैसला गरेको छ ।

धितोपत्र बोर्डले गत असोज २ गते धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समेतलाई विपक्षी बनाई अधिवक्ता मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

उक्त रिट निवेदनमाथि सर्वोच्च अदालतले गत कात्तिक ४ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै धितोपत्र बोर्डले नयाँ लाइसेन्स जारी गर्ने प्रक्रिया रोक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि भन्दै बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुलाउने प्रक्रिया अघि बढाएको थियो । धितोपत्र कारोबारको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न लागिएको बोर्डले बताउँदै आएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा पनि ‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रूपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीको सङ्ख्या थप गरिनेछ’, उल्लेख छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : १७ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा