नक्कली फेसबुक अकाउन्ट बनाएर प्रेमीबाट ६० लाख ठग्ने युवा पक्राउ « Khabarhub

नक्कली फेसबुक अकाउन्ट बनाएर प्रेमीबाट ६० लाख ठग्ने युवा पक्राउ


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : २२ बजे

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ