कङ्गोमा अज्ञात समूहको आक्रमणमा परी २० जनाको मृत्यु « Khabarhub

कङ्गोमा अज्ञात समूहको आक्रमणमा परी २० जनाको मृत्यु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी कङ्गोमा एक विद्रोही समूहले गरेको भनिएको आक्रमणमा परी आइतबार करिब २० जनाको मृत्यु भएको छ । एलाइड डेमोक्रेटिक फोर्सेस (एसडीएबफ) ले एनेबुला गाउँ नजिकै शुक्रबार अपराह्न ४ बजे किसानहरूमाथि आक्रमण गरेको स्थानीय नागरिक समाजका नेता प्याट्रिक मुकोहेले एएफपीलाई फोनबाट जानकारी गराए ।

मुकोहेले उत्तरी किवु प्रान्तको ओइचा शहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको उक्त हत्यास्थलमा २१ जना महिला र पुरुषको शव फेला परेको बताए । ओइचा अस्पतालको मुर्दाघरमा काम गर्ने जुल्स काम्बालेले १९ जनाको शव प्राप्त भएको बताए ।

क्षेत्रीय सैन्य प्रशासक चाल्र्स एहुता ओमेगाले आक्रमणको पुष्टि गर्दै उक्त आक्रमणमा ‘एडीएफ आतङ्ककारीहरू’ जिम्मेवार रहेको दाबी गरे ।

सन् १९९० को दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा आफ्नो पकड जमाएको एडीएफमाथि हजारौं सर्वसाधारणको हत्या गरेको आरोप लाग्दै आएको छ ।

सन् २०१९ यता पूर्वी डीआरसीमा एडीएफका केही आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ, जसले उक्त समूहलाई आफ्नो स्थानीय शाखा इस्लामिक स्टेट मध्य अफ्रिका एकाइको रूपमा वर्णन गरेको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको र मुकोहेले प्रमाणित गरेको भिडियोमा एउटा भीडले काठको फ्रेममा बाँधिएको, घाँटी रेटेको व्यक्तिको शवलाई घेरेर हेरिरहेको देखाइएको छ । मृतकको शव ओइचाको शवगृहमा आइपुग्दा केही युवाले विरोधमा नजिकैको राष्ट्रिय सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

बिहीबार कङ्गोस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन मोनुस्कोले छिमेकी इटुरी प्रान्तमा एडीएफको आक्रमणमा परी ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएको थियो ।

गत महिना अमेरिकाले एडीएफ नेता सेका मुसा बालुकुका बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : १४ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र