मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि सम्झौता « Khabarhub

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण लागि सम्झौता


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणका लागि सम्झौता गर्न शुरु गरिएको छ । एक सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरिएको छ भने दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर आज पारित गरिएको मुख्यन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

उक्त क्षेत्रका चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यसअघि नै आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको थियो ।

त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिकाको वडा नं १ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी आज आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको सल्लाहकार विष्टले जानकारी दिए ।

रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली, सुनवर्षि, कानेपोखरी र धनपालथान गाउँपालिकालाई सेवा उपलब्ध गराउनेछ भने तेह्रथुमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउनेछ ।

सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिकासमेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट वारुणयन्त्र, एम्बुलेन्स, प्रहरी लगायतका सेवाहरु एकीकृत रुपमा उपलब्ध गराइनेछ । विशेष गरेर स्थानीय तहहरुमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : २८ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको