इलाम साहित्य महोत्सव सुरु « Khabarhub

इलाम साहित्य महोत्सव सुरु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे ।

महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गर्नुभयो । दोस्रो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीचमा राजनीतिमा एजेण्डा कि अनुहार विषयमा राजनीतिक बहस गरिएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो ।

कविहरु तीर्थ श्रेष्ठ लीला अनमोल र भूपिनबीचमा कवितामा स्थानीय चेतका विषयमा सम्वाद आयोजना गरिएको थियो । सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ४० बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र