फ्रान्समा हिमपहिरोमा परी चार जनाको मृत्यु « Khabarhub

फ्रान्समा हिमपहिरोमा परी चार जनाको मृत्यु


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै आइतबार गएकोे हिमपहिरोमा परी चार जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् ।

डार्मानिनले ट्वीटरमा लेखेका छन्, “हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।”

उनले उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताए ।

एक हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका चार जनाबाहेक अन्य नौ जना पनि उनीहरूसँगै गएको हाउटे–सावोई विभागका अधिकारीले जनाएका छन् ।

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ‘ग्लेसियर डी’आर्मनसेट नजिकै हाइकिङ गरिरहेका थिए ।

हिमपहिरो पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन । राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको बताएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ५९ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको