भट्टराईको जित सुनिश्चित छ : महामन्त्री शर्मा | Khabarhub Khabarhub

भट्टराईको जित सुनिश्चित छ : महामन्त्री शर्मा


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ आएका महामन्त्री शर्माले आज तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताएका हुन् ।

पहिला पनि गठबन्धनले जितेको र सोहीअनुसार उपनिर्वाचनमा पनि गठबन्धन गरिएको र उम्मेदवार पनि राम्रो भएकाले जित निश्चित रहेको उनले उल्लेख गरे । उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताए। नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

साथै महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए। “पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ’’, महामन्त्री शर्माले भने । विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उनले बताए। साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए ।

तनहुँ–१ का उम्मेदवार भट्टराईले घर फोहर भयो भनेर घर छाड्न नहुने बताए । उनले घरलाई सफा बनाएर सिङ्गारेर बस्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १० : ३४ बजे

६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध 

काठमाडौं– औषधी व्यवस्था विभागले विभिन्न ६ प्रकारका एण्टिबायोटिक औषधीहरू खुद्रा

ट्रुडोको उत्तराधिकारीका रूपमा कार्नी निर्वाचित

ओटावा– क्यानडाको लिवरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित

धवलागिरिका एक सय पाँच योजना कार्यान्वयनमा

 म्याग्दी– धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ मा १०५ पूर्वाधारसम्बन्धी

टीभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न

काठमाडौं– टीभी हाउस एलजी शोरूमले वार्षिक उत्सव सम्पन्न गरेको छ ।

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशील जनशक्ति परिचालन