देशमा समृद्धिको मिसन आवश्यक छ « Khabarhub

देशमा समृद्धिको मिसन आवश्यक छ

पुराना दलले गल्ती स्वीकार गरेर अगाडि बढ्नुपर्छ


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ गतेको आम निर्वाचन र वैशाख १० को उपनिर्वाचन पछाडि नेपाली समाजमा एउटा भाष्यको सिर्जना भएको छ। ’पुराना राजनीतिक दल सच्चिन या सक्किन निमित्त तयार हुनुपर्ने अवस्था आएको छ। तर यतिबेला राष्ट्रिय राजनीतिका केही उदाहरण हेर्दा पुराना राजनीतिक दलहरू सच्चिने खालका गतिविधि देखिएका छैनन्। के अब उनीहरु सकिन तयार भएका हुन् ? यी र यस्तै विषयमा आधारित भएर नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेस पार्टी सकिन तयार भएको हो ?
इतिहासले व्यक्ति, संस्था र मुलुकलाई बारम्बार मौका दिँदैन। त्यस्ता मौका दुर्लभ रूपमा प्राप्त हुन्छन्। यसपालिको निर्वाचनले नेपाली कांग्रेसलाई ठूलो दलको रूपमा घोषण गरेको छ। उप निर्वाचनले नयाँ दलप्रतिको आकर्षण जनताप्रति बढ्दै गएको देखाएको छ। त्यसैले नयाँ दलले हौसला पाएका छन्। यसको परिणाम पुराना दललाई सुध्रिन बाध्य बनाएको छ।
यसको कारण भनेको पुराना दलको समयमा डेलिभरी राम्रो भएन। पुराना दलले विकास गर्न सकेनन्, व्यक्तिगत स्वार्थका रूपमा मात्र लागे। अहिले जनताले पद्धति नै खराब भन्न थालिसके। केही पात्रको प्रवृत्तिले गर्दा दल र पार्टी खराब भएका हुन्। त्यसैले अब दलले आफ्नो आन्तरिक गतिविधिलाई जनताले रुचाउने ढंगले विधिवत र पद्धतिसंगत ढंगले काम गर्नुपर्छ। आन्तरिक सुधार गर्नुपर्छ। नयाँ दलले दिएको चुनौतीलाई सामना गर्नुपर्छ। नयाँ दलप्रतिको आकर्षण रोक्न पुराना दलले आफूलाई सुधार गर्नुपर्छ।

वडा सदस्यदेखि माथिसम्म नै कांग्रेस बिग्रिएको छ। जो जनता चुस्ने, हेप्ने, अहंकार र दम्भले भरिएर हिँडेको देखिन्छ। कसरी सुधार हुन्छ ?
हामी चुनौतीले घेरिएका छौँ। यस्तो समयमा हामीले चुनौतीलाई सुधार गरेर गएनौ भने भोलि हामीमाथि गम्भीर प्रश्न उठ्छ। जनतालाई कांग्रेस कस्तो होस् भन्ने छ, किन भोट अन्त गयो त्यो आधारमा गएर हामीले समीक्षा गर्नुपर्छ। अब पार्टी सुधारको बाटो खोज्नुपर्छ।

पुराना दलले धेरै कुरा बिगारेका छन्, सच्याउनुपर्ने कसले हो ?
हामी पदको लालचबाट माथि उठेर आउने १० वर्ष भित्र नेपाली कांग्रेसलाई अगाडि बढाउन लाग्नुपर्छ। जनताको भावना अनुसार विधिवत रूपमा अगाडि बढ्नुपर्छ। त्यो अहिलेसम्म नेपाली कांग्रेसबाट भएको छैन। आन्तरिक जीवन लोकतान्त्रिक छैन। पार्टीमा चरित्र भएन। कांग्रेसमा कुलिनतन्त्र भयो। त्यसैले पार्टीलाई पार्टी जस्तो चलाउनुपर्छ। । एउटा राजनेताले समृद्धिको मिसन ल्याउनुपर्छ।

नेपाल बनाउन के गर्नु पर्ला ?
राष्ट्र बन्न कुशल नेतृत्व हुनुपर्छ, नेतृत्वप्रति जनताको विश्वास र साथ हुनुपर्छ, छिमेकीसँग सुमधुर सम्बन्ध हुनुपर्छ। त्यो सबै केही नभएको कारण जनता टुहुरो बनेका छन्। यसमा सुधार आवश्यक छ।

कांग्रेस, एमाले, माओवादी लगायतका दल नै चाहिन्छ त ? अब हामीले यिनलाई छोडेर नयाँ ढंगले अगाडि बढ्न मिल्दैन ?
हामी लामो समय लगाएर यो ठाउँमा आएका हौँ। हामीले देश बनाउने योजना बोकेर आएका हौँ। तर त्यो योजना कार्यान्वयन गर्न भिजन नै हामीले बोकेनौँ। आफ्नो जीवन फालेर लागेको पार्टी हो। माया सबैलाई हुन्छ। नेताहरूले अवसर पाउनुभयो। त्यसलाई सही रूपमा सदुपयोग र प्रयोग गर्न जान्नु भएन। अब उहाँहरूले सक्षम नेतृत्व ल्याउनुपर्छ। लामो समय काम गरेको पार्टीलाई सही ट्याकमा हाल्यौ भने नयाँ पुस्ताले हामीलाई प्रश्न गर्दैनन्।

तपाईंहरूले सुरु गरेको ‘जनतासँग सार्थक संवाद’ भन्ने अभियानले कांग्रेसलाई सच्याउँछ त ?
अब झुटमथि झुट बोलेर होइन, त्यसलाई स्वीकार गर्न सबै तयार हुनुपर्छ। सम्पूर्ण रुपमा भुल सुधार गरेर जनताका कुरा सुनेर अगाडि जानुपर्छ। जनताले देख्ने गरी महसुस गर्ने गरी काम गर्नुपर्छ। त्यस कारण देश बनाउन सकिन्छ। यसरी हामी लाग्दा १० वर्षमा विकासको जग बस्छ। २० वर्षमा देश धनी हुन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तरवार्ता)

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ४४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर