क्यानडाद्वारा चिनियाँ कूटनीतिज्ञ निष्काशित « Khabarhub

क्यानडाद्वारा चिनियाँ कूटनीतिज्ञ निष्काशित


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानडा सरकारले सोमबार टोरन्टोमा एक चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेको छ। एक विपक्षी सांसद माइकल चोङलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञ झाओ वेईलाई क्यानडाले निष्काशित गरेको हो। 

सांसद माइकल चोङलाई चिनियाँ कुटनीतिज्ञले धम्की दिएको भन्दै क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्तिमामार्फत् झाओलाई निस्काशित गरेको जानकारी दिएकी छन् ।  

क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ दूतावासले भने आफ्ना कुटनीतिज्ञलाई निष्काशित गर्ने निर्णयको विरोध गरेको छ। 

क्यानडास्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमा भनेको छ, ‘चीनले यसको कडा निन्दा र दृढताका साथ विरोध गर्दछ, र क्यानाडा पक्षसँग कडा विरोध गरेको छ।’ ‘चिनियाँ पक्षले दृढ प्रतिवाद लिनेछ, र त्यसबाट उत्पन्न हुने सबै परिणाम क्यानडाली पक्षले वहन गर्नेछ।’

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : २९ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६