कम्बोडियाको आगामी आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता « Khabarhub

कम्बोडियाको आगामी आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नोमपेन्ह– कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् ।  पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले  जनाएको छ ।  

समितिको विज्ञप्तिमा भनिएको छ-सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ । आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ । दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी २३  जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ रहेको र ९.७ मिलियन भन्दा बढी कम्बोडियालीहरूले आफ्नो मतदान गर्नेछन्।

पाँच वर्षअघि भएको निर्वाचनमा २० राजनीतिक दलले दौडमा भाग लिएका थिए तर  सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीले संसद्मा सबै १२५ सीट नै जितेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : १२ बजे

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई