सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि « Khabarhub

सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अङ्कले वृद्धि भएको छ ।

मंगलबार नेप्से सूचकमा १०.६६ अङ्कले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सूचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।

यता सबै उपसूचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निर्माण तथा प्रशोधनमा वृद्धि भएको छ ।

म‌ंगलबारको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिन्चोक दर्शन, सिभिल लघुवित्त वित्तीय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ३ : ४१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी