नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन « Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै बदनाम भएकाले यसलाई निष्कर्षमा पुर्याउँदै प्रकरणमा संलग्न सबै दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझाले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भिआइपी अपराधीहरुलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरुलाई कारवाही गर भन्दै ब्यानर प्रदर्शन गरेका थिए ।

विवेकशिल साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तराष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारवाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन् ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले जसले अरबौँ पैसा पचाँउछ, राज्यले त्यसैलाई बचाउछ ? , सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड देखाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : २५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल