तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टिमा विस्फोट : थप ११ जनाको मृत्यु « Khabarhub

तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टिमा विस्फोट : थप ११ जनाको मृत्यु


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरुको अझै पत्ता लाग्न सकेको छैन ।

गत मङ्गलबार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो। गभर्नरको अन्त्येष्टिमा सहभागी हुन पुगेकाहरुलालाई लक्षित गरी अर्को विस्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार बिहीबार अहमदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विष्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० भन्दा बढी घाइते भएका छन्।

टकोरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। सञ्चार तथा संस्कृति विभागका एक अधिकारीले बिहीबार भएको विस्फोटमा बागलानका पूर्व प्रहरी प्रमुख सफिउल्लाह समीमको मृत्यु भएको  जनाएका छन् ।

हालसम्म कुनै पनि आतंकवादी संगठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन। मंगलबार भएको कार बम विष्फोटको जिम्मेवारी सशस्त्र समूह आईएसआईएलले लिएको थियो । सो विस्फोटपछि तालिबान सुरक्षा बलले आईएसआईएलका सदस्यहरूविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ७ : ३३ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज