प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई « Khabarhub

प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ। नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो। उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्‍यो। प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो। महिला फुटलब खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुनले बताए।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २६ बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा