क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म « Khabarhub

क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूर्योक – क्यानडा यतिबेला जङ्गलमा लागेको भीषण डढेलोमा परेको छ। यो आगलागी यति खतरनाक हुँदै गएको छ कि यसको प्रभाव छिमेकी देश अमेरिकासम्म पुगेको छ। जसकाकारण गहिरो सुन्तला रंगको धुवाँले न्यूयोर्क सहर र अमेरिकाका अन्य क्षेत्रहरू ढाकेको छ। अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

बुधवार न्यूयोर्क विश्वको सबैभन्दा खराब हावाको गुणस्तर भएको सहर थियो। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोसँग टेलिफोनमा कुराकानी गरेका छन्।

क्यानडा हाल सबैभन्दा खराब जंगली आगोसँग लडिरहेको छ। क्यानडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार देशको ३.८ मिलियन हेक्टर जङ्गल आगोको जोखिममा छ। रिपोर्टहरूका अनुसार, क्यानडामा ४०० भन्दा बढी सक्रिय डढेलोहरू छन्, जसमध्ये २४६ नियन्त्रण बाहिर छन्।

सबैभन्दा खराब अवस्था क्युबेक प्रान्तमा छ, जहाँ १५४ क्षेत्रमा आगो बलिरहेको छ। यही कारणले गर्दा क्युबेकले मानिसहरूलाई सो क्षेत्र छाडेर बाहिर निस्कन आदेश दिएको छ। ओटावामा हावाको गुणस्तर १० प्लस श्रेणीमा वर्गीकृत गरिएको छ। यो वातावरण क्यानडाको वायु गुणस्तर स्वास्थ्य सूचकांकमा सबैभन्दा खराब स्तर हो, जुन धेरै उच्च जोखिमलाई संकेत गर्दछ।

प्राकृतिक संसाधन विभागको उत्तरी वनीकरण केन्द्रका महानिर्देशक माइक नोर्टनले भने कि क्यानडाले यस वर्ष अहिलेसम्म २,२१४ जङ्गलमा आगलागी भोगेको छ। जसमा ३० लाख हेक्टरभन्दा बढी क्षेत्र जलेको छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ३५ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका