क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म | Khabarhub Khabarhub

क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूर्योक – क्यानडा यतिबेला जङ्गलमा लागेको भीषण डढेलोमा परेको छ। यो आगलागी यति खतरनाक हुँदै गएको छ कि यसको प्रभाव छिमेकी देश अमेरिकासम्म पुगेको छ। जसकाकारण गहिरो सुन्तला रंगको धुवाँले न्यूयोर्क सहर र अमेरिकाका अन्य क्षेत्रहरू ढाकेको छ। अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

बुधवार न्यूयोर्क विश्वको सबैभन्दा खराब हावाको गुणस्तर भएको सहर थियो। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोसँग टेलिफोनमा कुराकानी गरेका छन्।

क्यानडा हाल सबैभन्दा खराब जंगली आगोसँग लडिरहेको छ। क्यानडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार देशको ३.८ मिलियन हेक्टर जङ्गल आगोको जोखिममा छ। रिपोर्टहरूका अनुसार, क्यानडामा ४०० भन्दा बढी सक्रिय डढेलोहरू छन्, जसमध्ये २४६ नियन्त्रण बाहिर छन्।

सबैभन्दा खराब अवस्था क्युबेक प्रान्तमा छ, जहाँ १५४ क्षेत्रमा आगो बलिरहेको छ। यही कारणले गर्दा क्युबेकले मानिसहरूलाई सो क्षेत्र छाडेर बाहिर निस्कन आदेश दिएको छ। ओटावामा हावाको गुणस्तर १० प्लस श्रेणीमा वर्गीकृत गरिएको छ। यो वातावरण क्यानडाको वायु गुणस्तर स्वास्थ्य सूचकांकमा सबैभन्दा खराब स्तर हो, जुन धेरै उच्च जोखिमलाई संकेत गर्दछ।

प्राकृतिक संसाधन विभागको उत्तरी वनीकरण केन्द्रका महानिर्देशक माइक नोर्टनले भने कि क्यानडाले यस वर्ष अहिलेसम्म २,२१४ जङ्गलमा आगलागी भोगेको छ। जसमा ३० लाख हेक्टरभन्दा बढी क्षेत्र जलेको छ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ३५ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले