समता शिक्षा निकेतनसँग रोयल्टी सम्झौता « Khabarhub

समता शिक्षा निकेतनसँग रोयल्टी सम्झौता


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र समता स्कुल (समता शिक्षा निकेतन)बीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा स्कुलका प्रधानाध्यापक अजय अधिकारीबीच स्कुलमा गीत संगीतको सार्वजनिक प्रयोग भए वापत रोयल्टी संकलनको सम्झौता भएको हो।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले स्कुलमा हुने विविध सांगीतिक कार्यक्रममा गीत संगीत प्रसारण हुने भएकाले प्रसारित सामाग्री वापतको रोयल्टीका विषयमा सम्झौता भएको बताए। प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित प्रस्तोता समाज, रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेको छ।

स्कुलका प्रधानाध्यापक अधिकारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा स्कुलले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। सम्झौता कार्यक्रममा स्कुलका अशु केसीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा