प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै  « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ ।

जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो ।

समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् । 

समितिमा प्राप्त उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । समितिले उजुरीकर्तासँग छलफल गरेपछि कार्कीसँग सोधपुछ गर्नेछ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : ०० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ