सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग « Khabarhub

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ ।

कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिइन् । उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।

सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताए । उनले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश सरकारले स्तरोन्नति गरेर भौतिक तथा प्राकृतिकरूपमा दक्ष तथा व्यवस्थित बनाउने योजना प्रदेश सरकारको रहेको बताइ ।

कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरिन् ।

विसं २०६८ साल भदौ १७ गतेदेखि सञ्चालनमा ल्याइएको भुल्केको सर्पदंश उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र हालसम्म उत्कृष्ट सेवा प्रवाह भइरहेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा. मनिष यादवले बताए । 

उनका अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमशः विसं २०७६ मा दुई सय ९६, २०७७ मा तीन तीन सय ७३, २०७८ मा चार सय २६ र २०७९ मा चार चार सय २५ जना उपचारपछि स्वस्थ भई घर फर्किएको डा. यादवले जानकारी दिए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले समेत भुल्केको सर्पदंश उपचार केन्द्रलाई प्राविधिक र व्यवस्थापनका हिसाबले सुदृढीकरण र सबल बनाएर लानुपर्ने विचार व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र भुल्के नेपाली सेना १८ नं बाहिनीका सहायक बाहिनीपति प्रेम हमालले सर्पदंश उपचार केन्द्रलाई दक्ष र सबल बनाएर सञ्चालन गर्न सके यस क्षेत्रका जनताले प्रभावकारी सर्पदंश उपचार पाउन सक्ने बताए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १० : ४१ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज