यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : माधव नेपाल « Khabarhub

यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : माधव नेपाल


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरू र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै बजेट पक्षपातपूर्ण भएको उनको ठहर छ। सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए ।

त्यसैगरी उनले नक्कली शरणार्थी प्रकरण, मिटरब्याजी समस्या र विना पैसा कुनै पनि काम नहुने अवस्थाले  नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रूप देखापरेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने बताए । उनले राजनीतिकको स्तर माथि उठाउनका लागि, राजनीतिमा देखिएको वितृष्ण घटाउनका लागि आफूहरूले नयाँ यात्रा प्रारम्भ गरेको उल्लेख गरे । 

उनले इमान्दारहरू पछि गर्ने अवस्थालाई परिवर्तन गर्नकै लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले संविधानमा आँच आउन नदिन सजकतापूर्वक अघि बढ्दै संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १२ : ४८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक