राष्ट्रियसभा बैठक : बजेटमाथिको सामान्य छलफल सम्पन्न « Khabarhub

राष्ट्रियसभा बैठक : बजेटमाथिको सामान्य छलफल सम्पन्न


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ  

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो । 

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा महतले ‘आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

यसैबीच आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए । 

सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए। “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने । 

सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए । 

सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।  सरकारले यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्नेछ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  १ : ०३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना