बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित : सांसद शर्मा « Khabarhub

बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधबाट प्रेरित : सांसद शर्मा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बजेटबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद शर्माले बजेटबारे ओलीको अभिव्यक्ति सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई ‘शून्य मार्क’ दिएका थिए । उनले ओलीले बजेटलाई राजनीतिक रङ्ग दिएको समेत टिप्पणी गरे ।

बजेट नागरिकको हितमा हुनुपर्ने उल्लेख गर्दै सांसद शर्माले बजेटको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  २ : ३३ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको