गर्मी बढेपछि दाङका विद्यालय बन्द « Khabarhub

गर्मी बढेपछि दाङका विद्यालय बन्द


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देउखुरी- दाङमा गर्मी बढेपछि विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि जेठ ३० गतेसम्म नगरक्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाप्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, शान्तिनगर गाउँपालिका, राप्ती, गढवा, राजपुर लगायतका गाउँपालिकाभित्र रहेका सम्पूर्ण  सामुदायिक तथा संस्थागत विद्यालय पनि बन्द गरिएका छन् ।

घोराही उपमहानगरपालिकाभित्रका निजी तथा संस्थागत विद्यालय जेठ २६ देखि ३१ गतेसम्म बन्द गर्ने निर्णय गरिएको  उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । त्यस्तै  देउखुरी क्षेत्रका चारवटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

राप्ती गाउँपालिकाले जेठ २४ देखि २६ गतेसम्म, गढवा गाउँपालिकाले जेठ २५ देखि २९ गतेसम्म, राजपुर गाउँपालिकाले जेठ २६ देखि जेठ ३० गतेसम्म र लमही नगरपालिकाले जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

यसैगरी शान्तिनगर गाउँपालिकाले जेठ २५ देखि ३० गतेसम्म विद्यालय बन्द गरेको छ । अत्यधिक गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि गर्मीबाट बालबालिका जोगाउन विद्यालय बन्द गर्ने निर्णय गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ३ : ५१ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक