गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् ।

गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरोजस्ता रोग एवम् विपद्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पुर्‍याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार (औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष) तयारी अवस्थामा राख्नसमेत परिपत्रमा भनिएको छ ।

मन्त्रालयले अस्पताललाई रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्वसतर्कता अपनाउन स्थानीय रेडियो, एफएम पत्रपत्रिकामार्फत  सूचना सम्प्रेषण गर्नसमेत सुझाएको छ ।

पत्रमा भनिएको छ, “केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी तथा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रियापश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नाका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्नहुनु अनुरोध गरिन्छ ।”

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ३ : ५६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई