गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सङ्घ, प्रदेश  र स्थानीय स्तरका अस्पतालमा  परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गरेका हुन् ।

गर्मीयाम बढेसँगै तराई क्षेत्रलगायत मध्यपहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरोजस्ता रोग एवम् विपद्जन्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पुर्‍याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार (औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष) तयारी अवस्थामा राख्नसमेत परिपत्रमा भनिएको छ ।

मन्त्रालयले अस्पताललाई रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्वसतर्कता अपनाउन स्थानीय रेडियो, एफएम पत्रपत्रिकामार्फत  सूचना सम्प्रेषण गर्नसमेत सुझाएको छ ।

पत्रमा भनिएको छ, “केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी तथा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रियापश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नाका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्नहुनु अनुरोध गरिन्छ ।”

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ३ : ५६ बजे

आज २०८१ साल चैत २ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल चैत २ गते शनिबार चैत

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा