लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम « Khabarhub

लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

देउखुरी- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

५१ पृष्ठ लामो नीति तथा कार्यक्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथ ग्रहणकै क्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिने भनी गरेको घोषणाअनुसार नीति तथा कार्यक्रममा पनि जोड दिइएको छ ।

प्रदेशवासीको आवश्यकताबमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन र्वद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिमा केन्द्रित हुनेगरी कार्यक्रम ल्याइने भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केहि आकर्षक नाराहरु पनि समेटिएको छ ।

यसैबीच, नीति तथा कार्यक्रमका बारेमा नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लीला गिरीले अहिलेको आर्थिक समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम आउन नसकेको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रम परम्परागत रहेको बताए । त्यस्तै, अन्य प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् ।

कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा, श्रमको सम्मान : लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौं दक्ष बनौं, उद्योग दर्तामा प्रविधि : लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधार : लुम्बिनीमा स्तरीय र सुरक्षित पूर्वाधार, कृषिको आधार सिंचाइमा सुधार, जस्ता नाराहरु प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ५ : ५७ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक