लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम « Khabarhub

लुम्बिनी सरकारले ल्यायो नीति तथा कार्यक्रम


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

देउखुरी- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश सभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

५१ पृष्ठ लामो नीति तथा कार्यक्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सपथ ग्रहणकै क्रममा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकता दिने भनी गरेको घोषणाअनुसार नीति तथा कार्यक्रममा पनि जोड दिइएको छ ।

प्रदेशवासीको आवश्यकताबमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जन र्वद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवम् उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिमा केन्द्रित हुनेगरी कार्यक्रम ल्याइने भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा केहि आकर्षक नाराहरु पनि समेटिएको छ ।

यसैबीच, नीति तथा कार्यक्रमका बारेमा नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता लीला गिरीले अहिलेको आर्थिक समस्यालाई समाधान गर्ने खालको नीति तथा कार्यक्रम आउन नसकेको प्रतिक्रिया दिए । उनले नीति तथा कार्यक्रम परम्परागत रहेको बताए । त्यस्तै, अन्य प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिएका छन् ।

कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा, श्रमको सम्मान : लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै, सीप सिकौं दक्ष बनौं, उद्योग दर्तामा प्रविधि : लुम्बिनी प्रदेशको उन्नति, मानव विकासको आधार : लुम्बिनीमा स्तरीय र सुरक्षित पूर्वाधार, कृषिको आधार सिंचाइमा सुधार, जस्ता नाराहरु प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ५ : ५७ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं