राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा « Khabarhub

राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरुले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकतासम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट बञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरि यसलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए ।

त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको राष्ट्रिय, स्वतन्त्रता र स्वाभिमानको विरुद्धमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए ।

नेपालको भूमि बंगलादेशको मोडेलमा जस्तै सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए । उनले आफ्नो भूमिको रक्षाको निमित्त जस्तो सुकै त्याग र बलिदान दिन तयार रहेको जिकिर गरे । उनले आपत्तीजनक अभिव्यक्ति फिर्ता दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

राप्रपा नेपालको प्रदर्शनमा ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’, लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ६ : २६ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको