अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो « Khabarhub

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।

अरुण नदीमा पानीको बहाव बढेपछि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आयोजनाको निर्माणाधीन क्षेत्रमा नदीको पानीको बहाव बढेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको सुरुङबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा अस्थायी ड्याममाथिबाट पानी बगेको हो।

पानी स्थायी ड्याम निर्माण भइरहेको क्षेत्रमा प्रवेश गर्न थालेपछि तत्कालका लागि ड्याम निर्माणको काम रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

उनका अनुसार हाल आयोजनास्थलमा अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको पानीको सतह ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण मानिने जनाइएको छ।

आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।

नदीमा पानीको बहाव बढेपछि ड्याम निर्माण कार्य प्रभावित भएको हो। यसैबीच, निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

वर्षाको गतिविधि बढ्दै जाने तथा जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ३८ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष