विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

आज जेठ २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

युक्रेनमा बाँध भत्केपछि आएको बाढीका कारण आठ जनाको मृत्यु

दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाव बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् । तर, युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन् ।

“दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन् । अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर आठ पुगेको छ,” मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने ।

बाढीका कारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको र पानी बढ्ने क्रम दश दिनसम्म जारी रहन सक्ने उनले बताए । मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्दोले बताए ।

साल्दोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन् । एएफपीका पत्रकारहरूले युक्रेनको नियन्त्रणमा रहेको खेर्सन शहर र आसपासका क्षेत्रमा रूसी स्थानबाट गोलाबारी भएको बताएका छन् ।

रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

फ्रान्समा चक्कु प्रहारपछि घाइते भएका दुई बालबालिकाको अवस्था गम्भीर

फ्रान्सेली आल्प्स पर्वतस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको त्यहाँको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता ओलिभर भेरानले फ्रान्सेली मिडियासँगको अन्तरवार्तामा भने, “उक्त घटनामा घाइते दुई बालबालिका अझै पनि गम्भीर अवस्थामा छन् ।’

पाकिस्तानको कराँचीमा हिंसात्मक घटनामा परी ५ महिनामा ६१ जनाको मृत्यु

गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ । पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७,८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ ।

दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाउँदै लुटेर फरार भएका थिए ।

अवामी आवाजका अनुसार कराँचीमा खस्किदो सुरक्षा व्यवस्था सिन्ध प्रहरी र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ ।

यसैबीच, पाकिस्तानको स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार आर्थिक सङ्कट झेलिरहेको बेला पाकिस्तानमा अपराध झन् बढिरहेको छ । जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागूऔषध दुर्व्यसनीको सिकार बन्दै गएका छन् ।

पाकिस्तानमा हरेक दिन १,२०० युवा धुम्रपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ ।

दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।

पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ ।

ट्रम्पविरुद्ध थप ७ आपराधिक मुद्दा दर्ता

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढेको बढ्यै छ। अहिले फेरि ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने तयारी भएको छ ।

ह्वाइट हाउस छाडे पछि पनि ट्रम्पले सयौं गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ। अनुसन्धान एजेन्सीहरूले ट्रम्प विरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

ट्रम्पले ट्रुथ सोशल मिडिया प्लेटफर्मलाई भनेका छन् ‘मियामीको संघीय अदालतमा उपस्थित हुनको लागि भनिएको छ।’ मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले उनी र उनको टोलीले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए।

आफूविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले थप असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिएन। अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ। म निर्दोष छु।’

क्यानडाको डढेलोको धुवाँ न्यूयोर्कसम्म

क्यानडा यतिबेला जङ्गलमा लागेको भीषण डढेलोमा परेको छ। यो आगलागी यति खतरनाक हुँदै गएको छ कि यसको प्रभाव छिमेकी देश अमेरिकासम्म पुगेको छ। जसकाकारण गहिरो सुन्तला रंगको धुवाँले न्यूयोर्क सहर र अमेरिकाका अन्य क्षेत्रहरू ढाकेको छ। अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई सचेत गराइरहेका छन्।

बुधवार न्यूयोर्क विश्वको सबैभन्दा खराब हावाको गुणस्तर भएको सहर थियो। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोसँग टेलिफोनमा कुराकानी गरेका छन्।

क्यानडा हाल सबैभन्दा खराब जंगली आगोसँग लडिरहेको छ। क्यानडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार देशको ३.८ मिलियन हेक्टर जङ्गल आगोको जोखिममा छ। रिपोर्टहरूका अनुसार, क्यानडामा ४०० भन्दा बढी सक्रिय डढेलोहरू छन्, जसमध्ये २४६ नियन्त्रण बाहिर छन्।

सबैभन्दा खराब अवस्था क्युबेक प्रान्तमा छ, जहाँ १५४ क्षेत्रमा आगो बलिरहेको छ। यही कारणले गर्दा क्युबेकले मानिसहरूलाई सो क्षेत्र छाडेर बाहिर निस्कन आदेश दिएको छ। ओटावामा हावाको गुणस्तर १० प्लस श्रेणीमा वर्गीकृत गरिएको छ। यो वातावरण क्यानडाको वायु गुणस्तर स्वास्थ्य सूचकांकमा सबैभन्दा खराब स्तर हो, जुन धेरै उच्च जोखिमलाई संकेत गर्दछ।

प्राकृतिक संसाधन विभागको उत्तरी वनीकरण केन्द्रका महानिर्देशक माइक नोर्टनले भने कि क्यानडाले यस वर्ष अहिलेसम्म २,२१४ जङ्गलमा आगलागी भोगेको छ। जसमा ३० लाख हेक्टरभन्दा बढी क्षेत्र जलेको छ।

तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टिमा विस्फोट : थप ११ जनाको मृत्यु

अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरुको अझै पत्ता लाग्न सकेको छैन ।

गत मङ्गलबार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो। गभर्नरको अन्त्येष्टिमा सहभागी हुन पुगेकाहरुलालाई लक्षित गरी अर्को विस्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार बिहीबार अहमदीको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी थिए। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विष्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० भन्दा बढी घाइते भएका छन्।

टकोरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। सञ्चार तथा संस्कृति विभागका एक अधिकारीले बिहीबार भएको विस्फोटमा बागलानका पूर्व प्रहरी प्रमुख सफिउल्लाह समीमको मृत्यु भएको जनाएका छन् ।

हालसम्म कुनै पनि आतंकवादी संगठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन। मंगलबार भएको कार बम विष्फोटको जिम्मेवारी सशस्त्र समूह आईएसआईएलले लिएको थियो । सो विस्फोटपछि तालिबान सुरक्षा बलले आईएसआईएलका सदस्यहरूविरुद्ध कारबाही तीव्र पारेको छ।

अमेरिकासँग एलियन रहेको पूर्व अमेरिकी गुप्तचरको दाबी

अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ।

कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ।

हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ। यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुस र व्हिसल ब्लोअरले गरेका छन्।

द डेब्रिफलाई उद्धृत गर्दै, द गार्डियन्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ कि, एक्स इन्टेलिजेन्स अफिसरले अमेरिकाको कब्जामा एलियनका गाडीहरू रहेको खुलासा गरेका छन्, जसमा केही कहिल्यै अन्त्य नहुने सवारीहरू पनि छन्।

यो जानकारी कंग्रेसमा दिएपछि विरोधको सामना गर्नुपरेको ग्रुसको भनाई छ। जसका कारण अमेरिकी इन्टेलिजेन्समा १४ वर्ष सेवा गरिसके पछि गत २०२३ अप्रिलमा जागिर छाड्नु परेको ग्रुसले बताएका छन्। यद्यपि उनले यस्तो कुनै शिल्प वा गाडीको तस्बिरसमेत नदेखेको बताए।

द डेब्रिफसँगको कुराकानीमा ग्रुशले विमानको फ्लीटमा रहेका कतिपय यानहरू कहिल्यै अन्त्य नहुने र केही जहाज केही हदसम्म नष्ट हुनसक्ने बताए।

नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर (नासिक) का अमेरिकी गुप्तचर अधिकारी जोनाथन ग्रेले पनि यो खबरको पुष्टि गरेका छन्। उनीहरुले यो एलियन क्राफ्ट भएको पनि पुष्टि गरेका छन्। यसमा नयाँ के छ भन्ने पनि बताए। त्यहाँ एलियनहरू वा गैरमानवहरू छन्।

रिटायर्ड आर्मी कर्णेल कार्ल नेलले पनि ग्रुसको दाबी सत्य भएको बताएका छन्, अमेरिकाले पनि युएफअको क्र्यास साइटहरूमा गएर जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन्। त्यस्ता साइटहरूबाट फेला परेका चीजहरूको इन्जिनियरिङ पनि बुझ्ने प्रयास गरिरहेका हुन्छन्।

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताएका छन्।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पारेका हुन् ।

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।

यो राजनीतिक विषय बन्न नहुने बताउँदै र छिमेकी मित्र मुलुकहरूले यो विषयका बारेमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै उनले छिमेकी मुलुकहरूलाई स्पष्टिकरण चाहियो भने पनि त्यो ठूलो कुरा नभएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : ०६ बजे

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक