ए डिभिजन लिग : खुमलटार रेलिगेसनमा « Khabarhub

ए डिभिजन लिग : खुमलटार रेलिगेसनमा


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा उपाधि विजेता चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा चर्च ब्वाइजले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजसँग पराजित भएसँगै खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटार बढुवा भएकै सिजन ’बी’ डिभिजनमा घटुवा भएको छ । खेलको १३ औं मिनेटमा सुशील शाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जोसेप बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो ।

त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरे ।यस जितसँगै फ्रेन्ड्सले २६ खेलमा ३० अंक जोडेको छ । एपीएफको २६ खेलमा ३० अंक रहेको छ ।

त्यस्तै शुक्रबार नै च्यासल मैदानमा पुलिसले सातदोबाटो युथ क्लबलाई १–० गोल पराजित गर्यो । पुलिसको जितमा अहमद हिजाजीले २१ औं मिनेटमा निर्णायक गोल गरे । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो । पुलिसले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । सातदोबाटोको २६ खेलमा ३५ अंक रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ८ : २३ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी