मूलखर्क भीमसेनको उत्पत्ति र चर्चा « Khabarhub

मूलखर्क भीमसेनको उत्पत्ति र चर्चा



काभ्रे- काभ्रेपलाञ्चोकको मूलखर्क भीमसेनको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुनिन्छ। कोशीपारी क्षेत्रको भुम्लु गाउँपालिकामा रहेको सापिङ मूलखर्क भीमसेन मन्दिरमा सत्ययुगदेखि पूजापाठ हुने गरेको बताइन्छ।

यसको उत्पत्तिबारे मन्दिरका पुजारी पदम पन्थको आफ्नै खालको भनाइ छ। परापूर्वकालमा सो क्षेत्रमा मानिस हिँडडुल गर्नको निम्ति सामान्य खालको सडक पनि नभएको अवस्थामा मन्दिर प्रख्यात हुनुले यसको महत्त्व झल्काएको पुजारी पन्थ बताउनुहुन्छ।

धेरै पछिसम्म पनि भोटबाट भेडा च्याँग्रा काठमाडौं लैजान भुम्लुको चौबास सापिङ हुँदै दोलालघाट पुग्नुपथ्र्यो। एकदिन दशैंताका मानिस भेडा च्याँग्रा लाने क्रममा सापिङको मूलखर्क भन्ने ठाउँमै बास बसे। त्यो बेलामा बजार पसल हुँदैनथ्यो। मकैको पिठो, गुन्द्रुक र पकाउने भाँडा आफैंले बोकेर हिँड्नु पर्ने अवस्था थियो।

उनीहरु काठमाडौं जानेक्रममा मूलखर्कमा रात परेपछि बास बसेको पन्थको ऐतिहासिक बुझाइ छ। साँझ ढिँडो पकाउन ढुङ्गाको तीन चुम्का लगाएर ताप्के राखेर पानी बसाले। तर तीन बहानसम्म पानी बसाल्दा पनि ताप्केको पानी घोप्टेको पौराणिक मान्यता छ।

त्यसपछि रिसले चुर भएर ती भान्छेले पटुकामा भिरेको खुकुरी निकालेर ती चुह्लो बनाएको ढुङ्गामा हाने। त्यसपछि ढुङ्गामा चोट लागेर रगत बगेको कथन वयोवृद्धहरुले अझै पनि सुनाउने गरेका छन्। त्यही खुकुरीको चोट अहिले पनि भीमसेनको शिलामा देख्न सकिने पन्थ बताउनुहुन्छ। ढुंगाबाट रगत निस्केको देखेपछि हतारमा उनले आफ्नो पटुका फुकाली रगत थुनिदिएका थिए। त्यसो गर्दा नगर्दै खुकुरी हान्ने मानिसको आँखा बन्द भएको कथन छ।

आँखा बन्द भएपछि उनको कानमा ‘म भीमसेन हुँ, तर मलाई खुकुरीले हानिस्’ भन्ने आवाज पुगेको बताइन्छ। तर केही बेरपछि ब्युँझिँदा सामुन्ने केही नभएको उनैले देखे तर, आफूले ल्याएको भेडा च्याँग्रा सबै बेपत्ता भए। उनलाई निन्द्रा लाग्न लागेको बेलामा फेरि कानमा अर्को आवाज गुञ्जियो, ‘म भीमसेन हुँ। पञ्चबली दिएको अवस्थामा सबै उस्तै हुन्छ।’ उक्त वचन सुनेपछि भान्छेले राँगो, बोका, हाँस, परेवा र कुखुराको बली दिने भाकल गरेरेपछि आँखा खुलेको किंवदन्ती छ। गाउँमा पुगेर बली दिएपछि बन्द भएको आँखा खुलेका कारण भीमसेन रहेको विश्वास र सत्यको आधारमा पूजाआजा गर्न थालिएको मान्यता छ।

उक्त रहस्य सुनेपछि भुम्लुको तमाङ समुदायका मानिस आएर उक्त ढुंगालाई आफ्नो गाउँमा राख्न प्रयास गरेको अर्को धार्मिक मान्यता छ। उनीहरुले ढुंगा उचाल्दा कसैले पनि नसकेपछि गाउँलेलाई खबर गरे। गाउँका सयौं मिलेर ढुंगो उठाउन खोज्दा नसकेपछि ‘लौ भीमसेन तपाईं यही बस्नुस्’ भनेर सबैले पूजापाठ गर्न थालेको बताइन्छ।

पुजारी पन्तको जन्म २००१ सालमा भएको हो। २००१ सालमा त्यहाँ मन्दिर रहेको र आफू जन्मनु अघिसम्म पनि आफ्ना बुबा आमाले मानिआएको उहाँको भनाइ छ। पाँच भीमसेनमध्ये दोलाखाको जेठो, भुम्लु सापिङ मूलखर्कको माइलो, गौरतिरको साहिँलो र अरु काठमाडौंमा रहेको विश्वास गरिन्छ।

पुजारी पन्थले २०६२ सालदेखि भीमसेन थानको मन्दिरमा पूजाआजा गर्दै आएका छन्। पछिल्ला दिनमा टाढाका भक्तजन पनि पुग्ने गरेका छन्। आफ्नो भाकल पूरा हुने भएकाले दर्शनार्थीको घुँइचो लाग्न थालेको हो। दशैंको नौरथदेखि दैनिक पूजा र फूलपातीका दिन ठुलो जात्रा लाग्ने गरेको छ।

एकादशीमा पनि जात्रा लाग्ने मूलर्खक भीमसेन मन्दिर पछिल्लो दिनमा काभ्रे र कोशीपारी क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ५७ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा