अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– अमेरिकाको क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा भएको हो ।

उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको अझै सनाखत हुन सकेको छैन । 

रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।

आगलागीले व्यवसायिक जेट विमान पूरै जलेको थियो। दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

सिएननको रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सवा ३ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना पछिको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेका थिए ।

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : २५ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान