ईयूको विदेश मामिलाका लागि शीर्ष प्रतिनिधि बोरेलको चीन भ्रमण रद्द « Khabarhub

ईयूको विदेश मामिलाका लागि शीर्ष प्रतिनिधि बोरेलको चीन भ्रमण रद्द


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ ईयूका विदेश मामिला र सुरक्षा नीतिका लागि शीर्ष प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द भएको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।

चीनका लागि युरोपेली सङ्घका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न बेइजिङको भमण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् ।

चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए । चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली सङ्घले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन ।

चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको सङ्घका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।

यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयूसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट पारेका छन् ।

इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे ।

युरोपेली सङ्घका सदस्य राष्ट्रको शिखर सम्मेलनले चीन बाहेक अन्य स्रोतबाट महत्वपूर्ण सामग्री खरिद गर्ने रणनीतिप्रति समर्थन जनाएपछि बेइजिङ बिच्किएको अनुमान गरिएको छ ।

चिनियाँ व्यापार र आपूर्ति शृङ्खलामा निर्भरता कम गर्ने युरोपेली सङ्घको निर्णयप्रति पनि उसको विमति छ । जोसेप बोरेल युक्रेन द्वन्द्वमा चीनको अडानको विशेष आलोचक हुन् ।

इयूले ताइवान मामिलाप्रति बेइजिङको रबैयालाई लिएर असहमति जनाउँदै आएको छ । बेजिङले बल प्रयोग गरेर भएपनि ताइवानलाई जनवादी गणतन्त्रमा गाभ्ने धम्की दिँदै आएको छ ।

इयूले युक्रेनबाट तत्काल र बिनाशर्त आफ्ना सेना फिर्ता गर्न रुसलाई दबाब दिन चीनसमक्ष आग्रह गर्दै आएको छ ।

चीन भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले त्यस्तै अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ५५ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु