नेप्से परिसूचक दोहोरो अङ्कले उकालो « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले उकालो


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू १८ करोड ६० लाख ७२ हजार बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट रू १६ करोड ३६ लाख ५१ हजार एक सय ४३, सोल्टी होटल रू १४ करोड आठ लाख ४८ हजार आठ सय २६, अरुण काबेली पावर रू १२ करोड एक लाख ९८ हजार नौ सय ३६ र माथिल्लो तामाकोशी रू १० करोड ६२ लाख ६८ हजार चार सय ४३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, रावा इनर्जी नौ दशमलव ९८, सिटी होटल नौ दशमलव ५१, प्रभु बैंकको ऋणपत्र आठ दशमलव २२, सनराइज बैंकको ऋणपत्र आठ दशमलव २१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, माथिल्लो तामाकोशी छ दशमलव ६५, बीपीडब्ल्यू लघुवित्त चार दशमलव ४३, लिवर्टी इनर्जी तीन दशमलव ६०, जोशी हाइड्रोपावर तीन दशमलव ४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ३ : ४२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी