न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की « Khabarhub

न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताए ।

उनले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदनअनुसार कार्यान्वयन जरुरी रहेको बताए । उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए ।

“जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्”, उनले भने, “आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार  छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ ।”

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ४ : १५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज