राजसंस्थाबारे आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन « Khabarhub

राजसंस्थाबारे आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टीले राजसंस्थाबारे पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमान सिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।

यसैगरी पार्टीले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नका निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय समेत गरेको छ । परिषद्को अध्यक्षमा प्रा. डा. विष्णुबहादुर भण्डारीलाई मनोनयन गरिएको छ ।

यसैगरी पार्टीसँग आबद्ध भातृ संगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाण्डौमा बोलाउने निर्णय गरिएको प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ६ : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज